नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।मोदीले आइतबार ट्वीट गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन्।

मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन्।

Navadurga sun

‘सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई। भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु,’ उनले भने। प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...