नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

महोत्तरी- महोत्तरीको जलेश्वरबाट नेपाली नक्कली नोटसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। महोत्तरी प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य सीतामढी ग्रामपञ्चायत भदियन थाना नानपुर वडा नं.१० बस्ने २१ वर्षीय रमन कुमार रहेका छन् ।

Dadeldhura hospital

रमन कुमारलाई जलेश्वर नगरपालिका वडा नं. ३ मलिवाडा बजारबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

जलेश्वर नगरपालिका वडा नं.३ बस्ने सब्दुल अन्सारीको कठघेरा घुम्ती पसलमा उनले नकल्ली जस्तो नोट साट्न खोज्दा स्थानीय मानिसहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको डीएसपी पोखरेलले बताए ।

रमन कुमारको साथबाट नकल्ली जस्तो देखिने नेपाली १ हजार का ११ वटा नोट ११ हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसुर मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट १० दिन म्याद थप गराएर थप अनुसन्धान भइरहेको डीएसपी पोखरेलले जानकारी दिए ।

 

 

Loading...