धनगढीमा नक्कली नोटसहित एक भारतीय पक्राउ

Dadeldhura hospital

धनगढी- धनगढीमा नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन्। आइतबार साँझ धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट ५ सय रुपैयाँ दरका ९ थान नक्कली नोटसहित भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय कमलेश गुप्ता ब्रिजेस रहेका छन्।

पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनी आएका उनले उक्त नक्कली नेपाली नोट ल्याएको भन्ने जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। यस्तै, अहिले म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको पनि जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...