गौरीफन्टा नाकाबारे भारतका प्रधानमन्त्रीसँग फेरि कुरा गरौंला: प्रधानमन्त्री देउवा

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाले गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि पुन: भारतका प्रधानमन्त्रीसँग कुरा राख्ने बताएका छन्।धनगढीमा बिहीबारदेखि सुरू भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

देउवाले यसअघि आफ्नो भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसित यस नाकाको स्तरोन्नतिबारे कुरा राखेको बताए।

Navadurga sun

उनले भारतीयले दुधवा राष्ट्रिय निकुञ्जलाई महत्वपूर्ण मान्ने भएकाले नाकाको स्तरोन्नति हुन ढिलाइ भएको र यसबारे उपाय निकाल्न सकिने बताए।नाका हुँदै पलिया पुग्ने बाटाहरू वैकल्पिक भएकाले पुनस् भारतसँग छलफल गर्ने उनले बताए।

ADD Khali jpg
Loading...