घट्यो सुन र चाँदीको भाउ

काठमाडौँ- नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार २ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ ९२ हजार ७ सय रुपैयाँमा झरेको छ।बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

Leave A Reply

Your email address will not be published.