सुदूरपश्चिमका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं- आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले छ।

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती तराई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Navadurga sun

हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...