पूर्वआईजीपी खनाल एमाले प्रवेश

काठमाडौं- पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् । पूर्व आईजीपी खनाल जनता समाजवादी पार्टी ९जसपा०का सांसद डा। सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए ।

Dadeldhura hospital

खनालले एमाले प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताए । ‘एमालेमा प्रवेश गर्न म पाउँदा हर्षविभोर भएको छु । आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी छु’ उनले लेखेका छन् ।

Navadurga sun
Godawari sandesh

२०७७ सालमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला खनाल, एमाले नेता महेश बस्नेत र तत्कालिन एमाले नेता किसान श्रेष्ठले धनुषा पुगेर जनता समाजवादी पार्टीका नेता डा। सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए । त्यतिबेला जसपाले आफ्नो सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो ।

 

Loading...