सुदूरपश्चिममा बाढी पहिरोको जोखिम, ठूलो वर्षाको सम्भावना

काठमाण्डौ- आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Dadeldhura hospital

लुम्बिनी प्रदेशका केही ठाउँमा भने राति मात्रै ठूलो वर्षाको अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा भोलि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

Navadurga sun
Godawari sandesh

केही दिनयता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा लगातार पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले भने काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ।

Loading...