नेपाल टेलिकमले आजदेखि निःशुल्क ई–सिम वितरण गर्ने

Dadeldhura hospital

काठमाडौं- नेपाल टेलिकमले शुक्रबारदेखि निःशुल्क ई–सिम (इम्बेडेड सिमकार्ड) वितरण गर्ने भएको छ। हाल ‘फिजिकल सिम’ प्रयोग गरिरहेका टेलिकमका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ टेलिकमले नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराउने छ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक (इम्बेडेड) सिम हो। ई–सिम उपलब्ध भएपछि भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ। ई–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्दैन।

Navadurga sun
Godawari sandesh
Loading...