सुदूरपश्चिममा कोरोना संक्रमितबाट थप १७ जनाको मृत्यु

Dadeldhura hospital

धनगढी, २७ वैशाख- पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, बाजुरा, डोटी र बैतडीका गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । निर्देशनालयका अनुसार कैलालीका सबैभन्दा धेरै ८ जना, कञ्चनपुरका ५ जना, बाजुराका २ जना र डोटी तथा बैतडीका १/१ जना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी २४ घण्टामा प्रदेशभर ६ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट १ हजार ४ सय ४१ जनाको परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

Loading...