गोदावरी पत्रकार मञ्चले सम्मानित गर्‍यो बरिष्ठ पत्रकार सहित अत्तरियाका पुराना पत्रकारहरुलाई

अत्तरिया, ३१ भदौ- सुदूरपश्चिमका ३ जना बरिष्ठ पत्रकार सहित अत्तरियाका पुराना पत्रकारहरुलाई सम्मानित भएका छन् । कैलालीको अत्तरियामा रहेको गोदावरी पत्रकार मञ्चले आफ्नो प्रथम अधिवेशनमा सुदूरपश्चिम प्रदेशमा दशकौदेखी पत्रकारिता गर्दै आएका ३ जना बरिष्ठ पत्रकार र अत्तरियामा लामो समयदेखी पत्रकारिता गरेका पुराना पत्रकारहरुलाई सम्मान गरेको हो ।

Dadeldhura hospital

सम्मानित हुनेहरुमा कैलालीमा बसेर झण्डै ३ दशकदेखी पत्रकारिता गरिरहेका बरिष्ठ पत्रकार मनमोहन स्वाँर, २ दशक देखी पत्रकारिता गरिरहेका बिबिसीमा कार्यरत उमिद बागचन्द र २ दशकदेखी पत्रकारिता गरिरहेका नागरिक राष्ट्रिय दैनिकमा कार्यरत दिल बहादुर छत्याल रहेका छन् ।

Navadurga sun
Godawari sandesh

यस्तै अत्तरियामा लामो समयदेखी पत्रकारिता गर्दै पत्रकारिताको जग बसाल्न सफल पत्रकारहरु पिआर चटौत, कैलाश कुमार जोशी, गोविन्द रोस्यारा, लक्ष्मण गौतम, प्रेम साउँद, तिर्थराज ओझा, रमेश भट्टराई, गोपाल सुवेदी र चित्रा नौन्याल सम्मानित भएका हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिं साउँदले सम्मान पत्र सहित सम्मानित गरेका थिए ।

गोदावरी पत्रकार मञ्चले आफ्नो पहिलो अधिबेशनमा समग्र सुदूरपश्चिमको पत्रकारिता बिकासमा पुञ्याएको योगदानको कदर गर्दै प्रदेशका ३ जना बरिष्ठ पत्रकार र अत्तरिया क्षेत्रमा लामो समय पत्रकारिता गरेर यहाँका हरेक समस्याहरुको उजागर गर्दै सम्बन्धित निकाय समक्ष पुञ्याउन महत्वपूणर् भूमिका खेलेको भन्दै अत्तरियाका पुराना पत्रकारहरुलाई सम्मान गरेको हो ।

Loading...