समाजसेवी साउँदको टिमले गर्‍यो गोदावरीका पार्कीको निःशुल्क उपचार तथा खाद्यान्न सहयोग

अत्तरिया, १५ भदौ- आर्थिक अभावका कारण उपचारबाट बन्चित गोदावरी नगरपालिका वडा नं. ९ बलमी राजिफाटा निवासी निसन्तान तथा साहरा बिहिन सर्पे पार्कीको निःशुल्क उपचार गरिएको छ ।
हातको औला नै छिनालिदा समेत आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमा बसेका उनको स्थानिय जय बहादुर बिकको समन्वयमा समाजसेवी गणेश जिमी साउँदको टिमले निःशुल्क उपचार गरेको हो ।

Dadeldhura hospital

केही दिन अघि मात्रै पार्कीको अवस्थाको बारेमा जानकारी पाएको र उनको उपचारको जिम्मेवारी आफुहरुको टिमले लिएको साउँदले बताए । पार्कीको उपचारका लागि १५ देखि २० हजार आवश्यक पर्ने देखिएपछि अप्रेशनका लागि हाम्रो अभियानका सदस्य डाक्टर निशान भट्टराई, चक्र बोहरा, भरत जिमी साउद, गणेश जिमी साउद, जय बहादुर बिक, बिर बहादुर बिकको सहयोगमा यहि भदौ १३ गतेका दिन सफल अप्रेशन गराई घर सम्म पुगाउन सफल भएको साउँदले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसैगरी मंगलबार (आज) उनलाई खाद्यान्न सहयोग समेत गरिएको छ । साउँद सहित चक्र बोहरा, भरत जिमी साउद, जय बहादुर बिक र बिर बहादुर बिक लगायतको टिमले पार्कीलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो । यस्तो किसिमको सहयोग पाउँदा पार्कीको मुहारमा उज्यालोले छाएको थियो । उपचार गरेपनि घरमा खानलाई केही नभएको थाहा पाएपछि आफ्नो टिममार्फत खाद्यान्न सहयोग गरिएको साउँदले बताए ।

Loading...