बैशाख १५ गतेदेखि अत्तरियामा दोस्रो प्रदेश स्तरिय मेयर कप भलिबल प्रतियोगिता हुने

अत्तरिया- कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरिय खुल्ला गोदावरी मेयर कप भलिबल प्रतियोगिता २०७८ हुने भएको छ । न्यु सृजनशिल युवा क्लबको आयोजनामा बैशाख १५ गते देखी २२ गते सम्म प्रतियोगिता हुन लागेको हो । आयोजक न्यु सृजनशिल युवा क्लबले आज (मंगलबार) अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो प्रदेश स्तरिय भलिबल प्रतियोगिता हुन लागेको जानकारी गराएको हो ।

Dadeldhura hospital

godawari10 Mahila hinsa
Navadurga sun

गोदावरी नगरपालिका वडा नं १ मा रहेको सिवाईसीको आफ्नै खेल मैदानमा आयोजना हुने सो भलिवल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लावाट टीमहरुले सहभागिता जनाउन सक्ने खेल संयोजक बिक्रम बिष्टले जानकारी दिए । प्रतियोगितामा १० देखि १२ वटा टिमको सहभागिता रहने बताउदै संयोजक बिष्टले सहभागि हुने टीमले बढीमा २ जना सम्म राष्ट्रिय स्तरका खेलाडी सहभागि गराउन पाउने बताए । प्रतियोगितामा विजेता टिमले नगद रु २ लाख ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उप बिजेता टिमले नगद रु १ लाख २५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने उनले बताए ।

त्यस्तै प्रतियोगिता अबधिभरको सर्बोकृष्ट एक जना खेलाडीले नगद रु १० हजार, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सरभर, उत्कृष्ट बलकर र उदयमान खेलाडीलाई समान ५/५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा खेल संयोजक बिष्टले जानकारी दिए ।
गोदावरी नगरपालिका प्रबधक रहेको सो प्रतियोगितको उद्देश्य सुदूरपश्चिमलाई भलिबलका माध्यमबाट देशभरी चिनाउनु रहेको आयोजकले बताएको छ । खेल संयोजक बिष्टको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश खेल परिषद्का सदस्य दुर्गा अधिकारी प्रमुख अतिथी रहेका थिए । त्यसैगरी विशिष्ठ अतिथिमा क्लबका संस्थापक सदस्य तिर्थ ओझा रहेका कार्यक्रमको संचालन छबिन्द्र नाथ योगीले गरेका थिए ।

Loading...