गोदावरीको महिला फुटबल टिमलाई अत्तरियामा स्वागत

अत्तरिया, १६ कार्तिक- काठमाडौंमा जारी उप–मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता खेलेर फर्किएको गोदावरी नगरपालिकाको महिला फुटबल टिमको आज अत्तरियामा स्वागत गरिएको छ । दुई वटा खेलमा उत्कृष्ट प्रर्दशन गर्दै जित निकाल्न सफल महिला टिमलाई अत्तरियामा पुगे लगत्तै नेपाली काग्रेसका नेताहरुले भब्य स्वागत गरेका हुन् ।

स्थानिय स्तरवाट खेल्दै पहिलो पटक राष्ट्रिय लिग खेल्न काठमाण्डौ गएर आफ्नो राम्रो प्रर्दशन प्रस्तुत गरेको भन्दै खुसी साटासाट सहित महिला फुटबल टिमका कोच र सम्पूर्ण खेलाडीहरुलाई टिका र खादा लगाउदै स्वागत गरिएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

स्वागत कार्यक्रममा सहभागी नेपाली काग्रेसका नेता विरेन्द्र भट्टले आफ्नो क्षेत्रको महिलाको टिम काठमाण्डौ पुगेर देखाएको उत्कृष्ट प्रर्दशनको प्रशंसा गरे । उनले आगामी खेल पनि अझै सफल होस भन्दै सम्पूर्ण खेलाडीहरुलाई शुभकामना समेत दिएका छन् ।

स्वागत पछि छोटो प्रतिकृया दिदै महिला फुटबल टिमकी कप्तान यशोदा राबलले थुप्रै चुनौतिका बिचमा पनि आफुहरुले राम्रो प्रर्दशन गरेको बताइन् । उनले उक्त प्रतियोगितामा सहभागिता जनाउन काठमाण्डौ जानका लागि घर परिवारले साथ नदिदाँ खल्लो महसुस भएपनि अहिले भने घरपरिवार सबै खुसी भएको बताए ।

उनले यसमा गोदावरी नगपालिकाका जनप्रतिनिधिहरुले साथ सहयोग दिदाँ ठूलो खेलमा सहभागिता जनाउने अबसर पाएको बताइन् । उनले आगमी यात्रा झनै चुनौतिपूर्ण भएकाले आफुहरु निर्धक भएर जितकै लागि खेल खेलिने बताइन् ।

Dadeldhura hospital

यस्तै अत्तरिया फुटबल एकेडेमीका अध्यक्ष तथा महिला टिमका कोच संजय ओझाले आफूले बिगत ३ बर्ष देखी यहाँ महिला टिमलाई प्रशिक्षण दिदै आएको र पहिलो पटक राष्ट्रिय लिगमा सहभागि गराउन पाउँदा निकै खुसी भएको बताएका छन् । उनले आजका दिन सम्म कसैको साथ समर्थन नपाएको भएपनि अहिले भने गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिं साउँद , उप प्रमुख रत्ना कडायतको महत्वपूर्ण साथ पाएको बताए ।

उनले सुदूरपश्चिका थोरै स्थानिय तह मात्रै उक्त उप–मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगितामा सहभागी भएकाले आफुहरुले २ खेलमा राम्रो प्रर्दशन गर्दै गोदावरी नगरपालिकालाई देशभर चिनाउन सकिएको बताए ।

उनले अन्य टिमवाट नगरपालिकाको एकदुई जना प्रतिनिधि गएको देख्दा आफ्नोवाट कोही नहुदाँ केही खल्लो महसुस भएको बताए । उनले अहिले सम्मको यात्रा सफल भएको र अब तेस्रो चरणमा प्रतियोगिताको निकै बलियो मानिएको टिमसंग खेल्नुपर्ने भएकाले निकै मेहेनतको आवश्यकता रहेको बताए ।

उनले तर टिम जतिसुकै बलियो भएपनि आफुहरुले राम्रो प्रर्दशन गरेर उप–मेयर कप राष्ट्रिय महिला लिगको उपाधी हात पार्ने रणनिती बनाइरहेको बताए । खेलाडीहरुको स्वागत कार्यक्रममा काग्रेस नेतृ भगवती पाठक , तुलसी देवकोटा , काग्रेस नेता प्रेमराज भट्ट , अत्तरिया उधोग वाणिज्य संघका सदस्य दिपिन साउँद लगाएतको सहभागिता रहेको थियो ।

यही कार्तिक ४ गतेदेखि राजधानीमा जारी एन्फाले आयोजना गरेको उप–मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगितामा देशभरका ३१ ओटा स्थानीय तहले सहभागिता जनाएका छन्।

अब गोदावरी नगरपालिकाले तेस्रो चरण अन्र्तगत यही कात्तिक २४ गते खेल खेल्ने छ । सुदूरपश्चिम प्रदेशबाट ५ वटा स्थानीय तहको सहभागिता रहेको छ ।

Loading...