धनगढीमा जुवातास खेली रहेको अवस्थामा १४ जना पक्राउ

धनगढी, १६ कार्तिक- कैलालीको धनगढीमा प्रहरीले जुवातास खेली रहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । उनिहरुलाई आज बिहान धनगढी उप-महानगरपालिका वडा नं. ७ बेली बजार स्थित कुल बहादुर चौधरीको घरबाट पक्राउ गरेको हो ।

Dadeldhura hospital

जुवातास खेलिरहेको छन् भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले भारतिय रुपैंया १४ हजार ७ सय २० र नेपाली रुपैंया २५ हजार ९ सय ५० र ३ गड्डी तास समेत बरामद गरेको छ। पक्राउ गरेकाहरुको बारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

पक्राउ पर्नेहरुमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ७ बेली बस्ने वर्ष ३० को ईश्वर चौधरी, वर्ष ३३ को प्रेम चौधरी, वर्ष ३५ को राम निवास चौधरी, वर्ष ३० को अम्मर राना, वर्ष २८ को दिनेश राना, वर्ष ३१ को लाल चौधरी, वर्ष ४० को कृष्ण प्रसाद पाण्डे, वर्ष २१ को रमेश खाती क्षेत्री, वर्ष ३२ को माया राम चौधरी, वर्ष ४३ को हरी चन्द, वर्ष ३४ को नरेश चौधरी, वर्ष २८ को आदेश चौधरी, वर्ष ३१ को कुल चौधरी रहेका छन् । त्यस्तै भारत घर भई धनगढी उपमहानगरपालिका  वडा नं. ७ मा नै काम गरी बस्ने वर्ष २४ को अस्पाक खान रहेका छन।

Loading...