मंगलबार सेती अस्पतालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Dadeldhura hospital

धनगढी, १६ कार्तिक- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परिक्षणमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यस्तै ३७ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

अस्पतालले आज जारी गरेको सुचनामा उल्लेख भए अनुसार हाल अस्पतालमा ५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये २ जनाको आइसियुमा उपचार भईरहेको छ । आज अस्पतालमा कुनै पनि नयाँ बिरामी भर्ना भएका छैनन् भने २ जना निको भइ घर फर्केका छन् ।

 

Loading...