अत्तरिया चोकमा राजा महेन्द्रको शालिक निर्माण कार्यको शुभारम्भ

Dadeldhura hospital

अत्तरिया, १६ कार्तिक- सुदुरपश्चिम प्रदेशकाे स्थायी राजधानीको मुख्य केन्द्र बिन्दु रहेकाे कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुन: निर्माण कार्यको शुभारम्भ गरिएको छ । चोकमा आज पूजाआजा समेत गरिएको छ । स्थानिय स्तरमा बनेको समितीले भेला बोलाई पूजाआजा र स्थानियको सुझाब संकलन गरेको हो ।

समितीका अध्यक्ष हरी भट्टराईले पुरहितको उपस्थीतीमा पूजाआजा गरेका हुन । २०६२\०६३ को अन्दोलनको क्रममा तोडफोडपछि उक्त ठाउँ खाली नै थियो । तर अब अत्तरिया चोकको बिच भागमा पुन: ६ फिटको स्व. राजा महेन्द्रको शालिक राखिने भएको छ ।

Loading...