विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक : मुख्यमन्त्री भट्ट

धनगढी, १५ कार्तिक– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बेमौसमी वर्षासँगै आईपरेको विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बझाङका नेता जनक बुढाको नेतृत्वमा आएको प्रतिनिधि टिमले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक भएकाले क्षतिको विवरण आए लगत्तै प्रदेश सरकार स्थानीय र सङ्घीय सरकारसँग समन्वय गरेर पीडितको पुनःव्यवस्थापन गर्ने बताए छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

प्रदेशलाई नै प्राकृतिक प्रकोपग्रस्त क्षेत्र घोषणा गर्न आफूले प्रधानमन्त्रीसँग कुरा गरिसकेकाले यस विषयमा थप पहल चाल्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले बाढीपहिराले बझाङमा सबैभन्दा बढी क्षति गरेकाले सरकार आफैँ उपस्थित भएर तत्कालका उद्धार तथा राहत लगायत कार्यमा जुटेको स्मरण गरे ।

Navadurga sun

माओवादी केन्द्र बझाङ सम्बद्ध नेता तथा प्रदेश सभासदको टोलीले प्रदेश सरकारसँग बझाङलाई बाढी पहिरो ग्रस्त जिल्ला घोषणा गरी प्रभावित स्थानीय बासिन्दाको पुनःव्यवस्था गर्न माग गरेको छ । प्रतिनिधिमण्डलमा माओवादी केन्द्र बझाङबाट प्रदेशसभा सदस्य देवकी मल्ल थापा, शान्ति विक लगायतको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...