घट्यो अछाम-धनगढी हवाइ भाडा

Dadeldhura hospital

धनगढी, १५ कार्तिक– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ । निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएको हो ।

अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए । यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियो । नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ ।

Loading...