अत्तरियामा संचालिन अभिनय तालिम १८ जनाले लिए





अत्तरिया, १४ कार्तिक- कैलालीको अत्तरियामा संचालिन गरिएको १० दिने निःशुल्क अभिनय तालीम आइतबार समापन भएको छ । कार्तिक ४ गते देखि संचालित गरिएको अभिनय तालिममा १८ जनाले तालिम लिएका छन् । सहभागि प्रशिक्षार्थीहरुले यस्तो किसिमको तालिमले आफुहरुलाई क्यामराका सामुन्य उभिने र अभिनय गर्न सहयोग पुगेको बताएका थिए ।


पछिल्लो सयम अत्तरिया क्षेत्रमा युवाहरुले अभिनयमा रुची राखे पछि अभियन सिक्ने प्रशिक्षक स्थल नहुँदा अभिनयमा निखारता आउन सकेको छैन । अभिनयमा युवाको रुचि भएपनि त्यसका लागि सिप नहुँदा अभियन गराउन निकै समस्या हुने गरेको थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले बताए ।



उनले आफूहरुले पनि हास्य टेलि सिरियल उत्पादन गर्ने भएपनि उक्त सिरियलका लागि अत्तरिया क्षेत्रमा तालिम लिएका कलाकार पाउन निकै समस्या भएको बताए । तालिमबाट अभियन गर्न सक्ने कलाकार उत्पादन भएकाले यस क्षेत्रमा निर्माण हुने फिल्म, सिरियलका लागि सहज हुने अध्यक्ष ओझाले बताए ।
आयोजक संस्था त्रिनयनका संस्थापक अध्यक्ष जय बहादुर धामीले पछिल्लो सयम अभियन क्षेत्रमा युवाहरुको रुचि देखेर तालिमको आयोजना गरिएको बताए । उनले अत्तरियामा पहिलो पटक १८ जनाले निःशुल्क रुपमा अभिनय तालिम पाएको बताए ।
अत्तरियामा रहेको क्युरिक्स डान्स स्टुडियोको प्रस्तुती र जुम प्रोडक्सनको सहकार्यमा त्रिनयन खोज अनेक नेपालले तालीमको आयोजना गरेको थियो ।
तालीमको प्रशिक्षकका रुपमा कान्तिपुर फिल्मस् एकेडेमीबाट अभिनयमा डिप्लोमा गरेका प्रशिब बम रहेका थिए । तालिम समापन कार्यक्रममा प्रतिक्षार्थिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।



