गोदावरी नगरपालिकाले बिरेन्द्रनगर नगरपालिकालाई १-० गोलले पराजित गरी दोस्रो जित





प्रकाशबहादुर बोहरा
अत्तरिया, १४ कार्तिक- काठमाडौंमा जारी उप-मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता अन्तर्गत गोदावरी नगरपालिकाले आज भएको दोस्रो खेलमा सुर्खेतको बिरेन्द्रनगर नगरपालिकालाई १-० गोलले पराजित गरी दोस्रो खेल जित्न सफल भएको छ ।



ललितपुर स्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा विजयी सुरुवात गरेको हो । आज भएको खेलमा गोदावरी नगरपालिका जर्सी नं. २५ की निशा बोहरा उत्कृष्ट खेल खेलेर प्लेयर अफ दि म्याच हुन सफल भएका छन् ।


कार्तिक ४ गतेदेखि राजधानीमा जारी एन्फाले आयोजना गरेको उप-मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगितामा देशभरका ३१ ओटा स्थानीय तहले सहभागिता जनाएका छन् । सुदूरपश्चिम प्रदेशबाट ५ वटा स्थानीय तहको सहभागिता रहेको छ ।



