डडेल्धुरामा बस दुर्घटना हुँदा १० जना घाइते

धनगढी, १४ कार्तिक– दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना भएको छ। जिल्लाको आलिताल गाउँपालिका -१ स्थित घण्टेश्वर मन्दिर नजिक सडकबाट ना८ख ६१३२ नम्बरको बस करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धनगढी ल्याइँदै छ। घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका -६ का ४५ वर्षीया बिर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका -८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार -६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका -१० का ३० वर्षीय चन्द्र बहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ।

Navadurga sun

घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...