बहिरोपना अपांगता राेकथाम सम्बन्धि २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

अत्तरिया, १३ कार्तिक– कैलालीकाे अत्तरिया बहिरोपना अपांगता राेकथाम सम्बन्धि २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । दुइ दिने संचालित उक्त तालीम आज सम्पनन भएकाे हाे ।

कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ का स्थानिय दल बहादुर नेपालीले अपांगता भएका व्यक्तिहरुले आजसम्म पूर्ण रुपमा आफ्ना हक अधिकार पाउन नसकेको गुनासो गरे । अपांग एकता समाज कैलालीद्धारा आयोजित बहिरोपना अपांगता रोकथाम सम्बन्धी २ दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले कागजी रुपमा मात्रै ऐनकानुनमा आफुहरुका हकअधिकारलाई समेटेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

‘अपांगता भएका व्यक्तिको हक अधिकार धेरै ठाउँमा रैछ भन्ने कुरा कार्यक्रम मार्फत जानकारी पाए’ उनले भने ‘तर ति हक अधिकारहरु कागजी रुपमै सिमित भएका छन, अहिलेसम्म व्यवहारमा लागु भएका छैनन् ।’ उनले कार्यक्रममा अपांगता सम्बन्धी धेरै कुराको जानकारी पाएको बताए ।

Dadeldhura hospital

यसैगरी कार्यक्रमकै सहभागी गोदावरी नगरपालिका वडा नं. ९ की १८ वर्षिया रमिला कुमारी साउँदले सरकारले कागजमा प्रदान गरेको अपांगता सम्बन्धी हक अधिकार व्यवहारमा लागु नभएको बताईन् । ‘अपांगता भएका व्यक्तिले शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा पाउनुपर्ने छुट पाउन सकेका छैनन’ उनले भनीन् ‘राज्यले दिएको हक अधिकार अपांगता भएका व्यक्तिहरुले व्यवहारीक रुपमा १० प्रतिशत सम्म पनि पाउदैनन ।’

सरकारले अपांगता भएका व्यक्तिलाई कागजी रुपमा मात्रै हकअधिकार दिएको उनले गुनासो गरिन । ईम्याक्ट नेपाल र सिबिएमको आर्थिक सहयोगमा अपांग एकता समाज कैलालीले आयोजना गरेको उक्त कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो ।

कार्यक्रममा बोल्दै अपांग एकता समाज कैलालीका अध्यक्ष अनिल कुमार मल्लले बहिरोपना न्यूनिकरणका लागी के गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा नेपालको संविधानमा भएका अपांगता भएका व्यक्तिका हक अधिकारहरुका बारेमा पनि जानकारी दिईएको बताए । उनले अपांगताका सवालमा पटक पटक तालिम तथा कार्यक्रमहरु आयोजना हुदै आएपनि जान्ने बुझ्ने मान्छे नै दोहोरीने हुनाले यसपटक तालिम नलिएका व्यक्तिहरुलाई सहभागी गराईएको बताए ।

उनले कार्यक्रमका सहभागीहरुलाई अपांगता सम्बन्धी धेरै कुराहरुको जानकारी भएको आफुले महशुस गरेको बताए । कार्यक्रममा १० जना अपांगता भएका व्यक्ति र १० जना सरोकारवाला गरी २० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको प्रशिक्षकका रुपमा संस्थाका संस्थापक अध्यक्ष मान बहादुर साउँद रहेका थिए ।

Loading...