दार्चुलाको व्याँसमा एमालेको अधिवेशन सकियो, धामी अध्यक्षमा चयन

दार्चुला, ११ कार्तिक- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको व्यास गाउँपालिका अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका व्यास गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा नेता मंगलसिंह धामीको अध्यक्षतामा गाउँ कमिटी चयन भएको छ। उपाध्यक्षमा निर्मला धामी, सचिव नारददत्त भट्ट, उपसचिव राजेन्द्रसिंह कुँवर र हरिमाया धामी चयन भएका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य गेल्बु बोहरा, एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, सचिव ज्ञानेन्द्र घर्ती लगायतका नेताहरुको उपस्थिती रहेको थियो।

Navadurga sun

एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ। जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...