दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम तरुण दल कैलालीद्धारा सम्पन्न




धनगढी, ११ कार्तिक- नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको ६८ औं स्थापना दिवस तथा शुभ दिपावली र छठ पर्वको अवसरमा कैलालीमा शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। तरुण दल कैलालीको आयोजनामा सो कार्यक्रम भएको हो।



तरुण दल कैलालीका अध्यक्ष दिपेन्द्र बमको सभापतित्वमा भएको कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी प्रमुख अतिथी रहेका थिए भने विशिष्ट अतिथी काँग्रेस कैलालीका पार्टी सभापति नर नारायण शाह मनु रहेका थिए।


त्यस्तै कार्यक्रममा काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावल पूर्व जिविस सभापति नारायणदत्त मिश्र, प्रतिपक्ष दलका नेता हिरादत्त भट्ट, प्रदेश सभा सदस्य डिल्ली राज पन्त, महासमिति सदस्य नारायणदत्त मिश्र, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति खेम चौधरी, ५ का हरिश खड्का, महिला संघका अध्यक्ष, काँग्रेस कैलाली जिल्ला सदस्य नृप सुनार लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो।



