बिहिबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

धनगढी, ११ कार्तिक- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना परिक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएका छन् भने ६६ जनाको रिपोर्ट निगेटिभ आएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

Dadeldhura hospital

अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ३ जनाको आइसियुमा उपचार भईरहेको छ भने २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ । आज अस्पतालमा २ जना नयाँ बिरामी भर्ना भएका छन् भने ६ जना निको भइ घर फर्केका छन् ।

Navadurga sun
Godawari sandesh

Loading...