प्रदेश स्तरीय खुल्ला तथा भेट्रान ब्याटमिन्टन प्रतियोगिता अत्तरियामा हुने




अत्तरिया, १० कार्तिक- कैलालीको अत्तरियामा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला तथा भेट्रान ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । रोयल युवा क्लव अत्तरियाले दिपावलीको अवसरमा यहि कार्तिक १५ देखि १८ गते सम्म प्रतियोगिता आयोजना गर्ने भएको छ ।


बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशमा अहिलेसम्मकै ठूलो धनराशिको प्रतियोगिता भएको जनाइएको छ । खेल संयोजक दिपेन्द्र अवस्थीले प्रतियोगितामा छुट्टाछुटै दुई खेल आयोजना गरिने बताए ।



खेल संयोजक अवस्थीका अनुसार खुल्ला ब्याटमिन्टन प्रतियोगितामा प्रदेशभरीका जुनसुकै टिमले सहभागिता जनाउन सकिने बताएका छन् । भेट्रान प्रतियोगितामा भने ४० बर्ष उमेर माथिका खेलाडीलाई मात्रै सहभागि गराइने उनले बताए । उनले भेट्रान प्रतियोगितामा सहभागिताका लागि उमेर खुल्ने कागजात अनिवार्य रहेको समेत बताए ।
खुल्ला ब्याटमिन्टन प्रतियोगिताको विजेता टिमले ५१ हजार पुरस्कार पाउने छ भने द्धितिय र तृतिय हुने टिमले क्रमश २५ हजार र ११ हजार पुरस्कार पाउने छन । त्यस्तै भेट्रान प्रतियोगितामा प्रथम हुने टिमले २१ हजार, द्धितिय हुने टिमले ११ हजार र तृतिय हुने टिमले ५ हजार १ सय पुरस्कार पाउने आयोजकले जनाएको छ ।
नमस्ते फुडल्याण्डको प्राङ्गणमा हुने प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले उद्घाटन गर्ने कार्यक्रम रहेको खेल संयोजक अवस्थीले बताएका छन । प्रतियोगितामा प्रदेश भरीका ६० वटा टिमको सहभागिता हुने अपेक्षा गरेको आयोजकले जनाएको छ ।
क्लवका सल्लाहकार देवराज भट्टले व्याटमिन्टल खेल प्रति आकर्षण बढ्दै गएकाले व्याटमिन्टन प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।



