सेती अस्पतालमा उपचाररत कञ्चनपुरका पुरुषको मृत्यु

धनगढी, १० कार्तिक- धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Dadeldhura hospital

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कोरोना संक्रमणका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का ७६ बर्षिय पुरुषको मृत्यु भएको हो ।

Navadurga sun
Godawari sandesh

सूचना अधिकारी श्रेष्ठका अनुसार बुधबार सेती अस्पतालमा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ सय १७ जनाको स्वाव परिक्षण गरिएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकरी श्रेष्ठले बताए । उनका अनुसार बुधबार सम्म सेती अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

Loading...