नागरिकता बनाउन लाइनमा बसेकी महिलाको मृत्यु

अत्तरिया, ९ कार्तिक- कैलालीमा नागरिकता बनाउने लाइनमा बसेकी महिलाको मृत्यु भएको छ । छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी महिलाको मृत्यु भएको हो ।

Dadeldhura hospital

मंगलबार छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा पालो कुरेर लाइनमै बसेका बेला जिल्लाको घोडाघोडी नगरपालिका–१२ की सीतादेवी चौधरीको बेहोस भई ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुखडका अनुसार लाइनमा पालो कुरेर बसेकी चौधरी एकाएक बेहोस भएर ढलेकी थिइन् ।

godawari10 Mahila hinsa
Navadurga sun

मृतक चौधरीको शव परिवारले बुझेको छ । उनी २ वर्षदेखि अस्वस्थ रहेको परिवारस्रोतले जनाएको छ ।

Loading...