कैलालीमा अत्यावश्यक बाहेक द्रुत राहदानी सिफारिस नगरिने

Dadeldhura hospital

धनगढी, ९ कार्तिक– कैलालीमा अत्यावश्यक बाहेक अन्य अवस्थामा द्रुत राहदानी सिफारिस नगरिने जनाईएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार काठमाडौंमा रहेको राहदानी विभागको कार्यालय स्थानान्तरण भईरहेकाले सेवा प्रभावित भएको हो। अत्यावश्यक कारण सहित आएका सेवाग्राहीलाई मात्र राहदानी सिफारिसको सेवा दिईने जनाएको छ ।

Loading...