मोटरसाईकल दुर्घटना हुदाँ १ जनाको मृत्यु





अत्तरिया, ९ कार्तिक- कैलालीको अत्तरियामा मोटरसाईलको दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। अत्तरिया–धनगढी ६ लेड सडक अन्तरगत गोदावरी नगरपालिका वडा नं. १ को कार्यालय अगाडि मोटरसाईकल दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको हो।


अत्याधिक स्पेडका कारण बाइक र ती मृतक पुरुष झन्डै २० मिटर टाढा पुगेका थिए। उनको घुँडाको हड्डी समेत बाहिर आएको छ। मृतको पहिचान हुन सकेको छैन ।



