कैलालीको गोदावरी नदीमा बाढी, बीच नदीमा फसेका एक जनाको सकुशल उद्धार

अत्तरिया- कैलालीको गोदावरी नदीमा आएको बाढीका कारण बीच नदीमा फसेका एक जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

आइतबार बर्दगोरिया गाउँपालिका–१ निवासी ३३ वर्षीय अपिल मल्ल नदीको बीचभागमा फसेका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उद्धार अभियान सञ्चालन गरी मल्ललाई सुरक्षित रूपमा बाहिर निकालेको हो ।

Navadurga sun

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराका अनुसार समयमै प्रहरी टोली परिचालन गरिएकाले मल्लको सकुशल उद्धार गर्न सफल भएको हो ।

मनसुन सक्रिय भएसँगै नदी तथा खोलाहरूमा पानीको बहाव बढिरहेको भन्दै प्रहरीले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन तथा बाढी आएको अवस्थामा नदी तर्न वा नदी किनारमा अनावश्यक रूपमा नजान आग्रह गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...