अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि ४ प्यानल चुनावी मैदानमा उत्रिएका छन्। शनिबार उम्मेदवारी दर्ताका लागि तोकिएको समयभित्र अध्यक्ष सहित ३ र वरिष्ठ उपाध्यक्षसहित १ प्यानलले उम्मेदवारी दर्ता गरेका हुन्।

अध्यक्ष पदका लागि कमल कडायत, रमेश भट्टराई र नैनसिंह कार्कीले आफ्ना-आफ्ना प्यानलसहित उम्मेदवारी दिएका छन्। यस्तै, भीष्मा खड्काले वरिष्ठ उपाध्यक्ष पदका लागि आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएकी छन्।


निर्वाचनमा उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष तथा सदस्य पदका उम्मेदवारसहित चारै प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरूको अन्तिम नामावली शनिबार राति ९ बजे प्रकाशन गरिनेछ। मतदान आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ भने मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
प्रकाशित नामावली निम्न अनुसारकाे रहेकाे छ ।

