अत्तरिया- नेपालको एकमात्र स्वास्थ्य विज्ञान विश्वविद्यालय, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि ३१ असार बिहान १० बजे शिक्षा तथा खेलकूद मन्त्रालयमा सिनेट बैठक बस्ने भएको छ।




विश्वविद्यालय ऐनअनुसार सिफारिस समितिले उपकुलपतिका लागि दुई जना र रजिष्ट्रारका लागि तीन जनाको नाम सिनेटसमक्ष सिफारिस गरिसकेको छ। सिनेटले सिफारिस गरिएका उम्मेदवारमध्येबाट एक जनालाई उपकुलपति र एक जनालाई रजिष्ट्रार नियुक्त गर्नेछ।


यस विश्वविद्यालयमा अन्य विश्वविद्यालयभन्दा फरक रूपमा उपकुलपति नियुक्त गर्ने अधिकार सिनेटलाई नै रहेको छ।




