स्याउले बजार व्यवस्थापन समितिलाई डस्टबिन हस्तान्तरण

अत्तरिया- कैलालीको गोदावरी- ८ स्थित स्याउले बजार व्यवस्थापन समितिलाई डस्टबिन हस्तान्तरण गरिएको छ ।

Ganyapdhura gau

वडा नम्बर-८ ले मंगलबार समितिलाई ३१ वटा डस्टबिन हस्तान्तरण गरेको हो ।

Navadurga sun
Godawari sandesh

उपलब्ध डस्टबिनहरु बजारका विभिन्न ठाउँहरुमा राखिने स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताएका छन् ।

Dadhaldhura pur

बजारमा जथाभावी हुने फोहोर नियन्त्रण गर्न बजार व्यवस्थापन समितिले डस्टबिन माग गरेको उनले बताएका छन् ।

यस कार्यले अनावश्यक फोहोरमैला व्यवस्थापन गर्ने गोदावरी नगरपालिकाको उदेश्य प्राप्तीमा सहयोग पुग्ने देउवाको भनाई छ ।

आफ्नो पसलको फोहोर जथाभावि नफाली डस्टबिनमै हालिदिन पनि देउवाले व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

वडा नम्बर- ८ का कार्यवाहक अध्यक्ष हरिराम चौधरी, सचिब छत्रराज जोशी लगायतको उपस्थितिमा बजार व्यवस्थापन समितिका अध्यक्ष देउवालाई डस्टबिन हस्तान्तरण गरिएको हो ।

बजार व्यवस्थापन समितिले स्थापना कालदेखि नै बजार व्यवस्थित गर्न विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

Couple
Loading...