अत्तरिया उद्योग वाणिज्य संघको अन्तिम मतदाता नामावली निर्वाचन समितिलाई हस्तान्तरण

अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले आगामी साधारणसभा तथा निर्वाचनका लागि अन्तिम मतदाता नामावली निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।

Ganyapdhura gau

सोमबार व्यवसायीहरूको उपस्थितिमा संघका अध्यक्ष कल्याण सिंह बोहराले निर्वाचन समितिका संयोजक अधिवक्ता देवराज भट्टलाई रुजु गरिएको १ हजार २४ जना सदस्यको अन्तिम नामावली हस्तान्तरण गरेका हुन्।

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

संघले असार २७ र २८ गते हुने साधारणसभा तथा निर्वाचनलाई लक्षित गर्दै असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता दर्ताका लागि समयसीमा निर्धारण गरेको थियो। सोही प्रक्रियापछि अन्तिम मतदाता नामावली तयार पारिएको संघले जनाएको छ।

नामावली हस्तान्तरणसँगै अत्तरिया उद्योग वाणिज्य संघ औपचारिक रूपमा नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ।

यस अवसरमा निर्वाचन समितिका संयोजक अधिवक्ता देवराज भट्टले निर्वाचन निष्पक्ष, स्वतन्त्र र मर्यादित वातावरणमा सम्पन्न गराउन सबै व्यवसायी, उम्मेदवार तथा सरोकारवालालाई आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरेका छन्।

Couple
Loading...