धनगढी- कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् ।



कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
मृत्युको कारण खुलेको छैन ।




