धनगढी- कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका मा देशभरमै सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार पछिल्लो १२ घण्टामा दोधाराचाँदनीमा ११७.६ मिलिमिटर वर्षा मापन गरिएको हो।




दोधाराचाँदनीपछि वाणगङ्गा नगरपालिकामा धेरै वर्षा रेकर्ड भएको छ। त्यहाँ १२ घण्टामा ११७.४ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ।


यसैबीच कैलाली र कञ्चनपुरका अन्य विभिन्न स्थानमा पनि लगातार वर्षा भइरहेको छ।
दोधाराचाँदनी क्षेत्रमा अत्यधिक वर्षा भएकाले बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेको छ।




