धनगढी- कैलालीको धनगढीका एक युवक खैरो हेरोईनसहित पक्राउ परेका छन्।




धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोईन ६२० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय नरेश थापा पक्राउ परेका हुन्।


थापालाई वुधबार जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।




