गृहमन्त्रीकै सवारीबाट सुरु भयो कालो सिसा हटाउने अभियान

काठमाडौं- ट्राफिक प्रहरीले कालो सिसा भएका सवारीसाधनमाथिको अभियानलाई प्रभावकारी बनाउने क्रममा गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठ को सवारीबाटै कालो सिसा हटाएको छ।

Ganyapdhura gau

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृहसचिवको सवारीमा जडान गरिएको कालो सिसा हटाएको हो। ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान सुरु गरेपछि गृहमन्त्री स्वयं आफ्नो सवारी लिएर ट्राफिक प्रहरी कार्यालय पुगेका थिए। त्यसपछि ट्राफिक प्रहरीले दुवै सवारीको कालो सिसा हटाएको जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्ले ले कालो सिसा हटाउने अभियान निरन्तर सञ्चालन भइरहेको बताए। उनका अनुसार कालो सिसाको प्रयोगले अवैध गतिविधिलाई सहज बनाउने भएकाले निजी तथा सार्वजनिक दुवै प्रकारका सवारीमा यसको प्रयोगविरुद्ध कडाइ गरिएको हो।

प्रहरीका अनुसार कालो सिसा भएका सवारीसाधनको प्रयोग साना हतियार तथा लागुऔषध ओसारपसार, लागुऔषध सेवन, सुन तस्करी तथा अपराधी फरार हुन प्रयोग भएका घटनाहरू समेत फेला परेका छन्।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अधिकार प्राप्त निकायको स्वीकृतिबिना सवारीको रङ, स्वरूप, सिट संख्या, इन्जिन, चेसिस लगायतका संरचनामा परिवर्तन गर्न पाइँदैन। यही कानुनी व्यवस्थालाई आधार बनाएर ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिएको जनाएको छ।

Couple
Loading...