कैलालीमा नदीमा डुबेर बालकको मृत्यु

धनगढी- कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ ।

Ganyapdhura gau

घोडाघोडी नगरपालिका-११ आमबासामा कान्द्रा नदीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नदीमा डुबेर स्थानीय रामबहादुर रावलका छोरा कृष्ण रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार शनिबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेका उनलाई उपचारका लागि सीएस अस्पताल, सुखड लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Couple
Loading...