बुडरमा दैनिक कडाइका साथ कागजपत्र र मापसे चेकजाँच

अत्तरिया- अस्थायी ट्राफिक प्रहरी पोष्ट, बुडर, डोटीका प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक रामदत्त भट्टको नेतृत्वमा दैनिक रूपमा सवारी साधनमाथि कडाइका साथ कागजपत्र तथा मादक पदार्थ सेवन (मापसे) जाँच अभियान सञ्चालन भइरहेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले नियमित रूपमा कागजपत्र परीक्षण र मापसे चेकजाँचलाई तीव्र बनाइएको हो।

Navadurga sun
Godawari sandesh

ट्राफिक प्रहरीले चालकहरूलाई ट्राफिक नियमको पालना गर्न, आवश्यक कागजात साथमा राख्न तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गर्दै आएको छ। नियम उल्लंघन गर्ने सवारी चालकलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

Couple
Loading...