अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउनुपर्नेः मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै  निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

धनगढीमा आज आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै उनले नागरिकको जीउधनको सुरक्षा र राज्यको सुरक्षा गर्ने जिम्मेवारी सरकार, सुरक्षा निकाय, अदालत तथा सञ्चार क्षेत्र सबैको साझा दायित्व भएको बताए।

Navadurga sun
Godawari sandesh

“राज्यका सम्पूर्ण निकाय एकअर्काका परिपूरक हुन्,” मुख्यमन्त्री शाहले भने, “सबै निकायबीच समन्वय र सहकार्य भए मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिन्छ।” 

उनले जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गर्न सकेमा राज्यप्रति नागरिकको विश्वास बढ्ने बताए। अनुसन्धान प्रणालीलाई प्रभावकारी, व्यावसायिक र नतिजामुखी बनाउनुपर्नेमा मुख्यमन्त्री शाहको जोड थियो । रासस

Couple
Loading...