सर्पको टोकाईवाट बालिकाको मृत्यु

अत्तरिया, ७ कार्तिक- कैलालीको गोदावरी नगरपालिका वडा नं. १० मालाखेतीमा सर्पको टोकाईवाट एक बालिकाको मृत्यु भएको छ । शुक्रवार राति सर्पको टोकाईवाट लोकराज भट्टकी १४ बर्षिया छोरी हरिना भट्टको मृत्यु भएको हो ।

सर्पले टोकेपछि धनगढीको सेती प्रादेशिक अस्पताल धनगढीमा लैजाने क्रममा उनको बाटोमा नै मृत्युको उनका आफन्त यज्ञराज भट्टले जानकारी दिए । मृतक हिराना ग्वाशी माध्यामिक विधालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

