पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत निःशुल्क कपाल काट्ने तालिम सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–अत्तरियास्थित दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरेको छ।

Ganyapdhura gau

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले कार्यक्रमको उद्घाटन गर्दै एक महिनासम्म सञ्चालन हुने उक्त तालिममार्फत विद्यार्थीहरूलाई व्यावसायिक तथा सीपमूलक शिक्षा प्रदान गरिने जानकारी दिए। तालिममा २५ जना विद्यार्थी सहभागी रहेका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

विद्यालयका अनुसार विद्यार्थीहरूलाई आत्मनिर्भर र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। आगामी दिनमा बाजागाजा (ब्यान्ड) निर्माण, दुना–टपरी उत्पादन, गार्डेन व्यवस्थापन लगायतका विभिन्न सीप विकाससम्बन्धी तालिमहरू समेत निरन्तर सञ्चालन गरिने प्रतिबद्धता विद्यालयले जनाएको छ।

तालिम अवधिभर विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले विद्यार्थीहरूबाट निःशुल्क कपाल काट्ने सेवा लिन सक्ने अध्यक्ष भट्टराईले बताए। विभिन्न सीपमूलक तालिममार्फत विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

विद्यालयका प्रधानाध्यापक विर सिंह महताले अध्ययनसँगै व्यावसायिक सीप हासिल गर्न पाउने अवसरले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। तालिमबाट दक्ष बनेका विद्यार्थीहरूलाई रोजगार तथा व्यवसाय सञ्चालनमा विद्यालयले आवश्यक सहयोग गर्ने उनले बताए।

विद्यार्थी रुपेश कुमार बस्यालले ‘पढ्दै कमाउँदै’ कार्यक्रमले विद्यार्थीहरूलाई सीप विकाससँगै स्वरोजगार र उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यका साथ कपाल काट्ने तालिम सञ्चालन गरिएको बताए।

Loading...