एभरेष्ट एकेडेमीद्वारा बाल रंगकर्मीहरुलाई सम्मान
अत्तरीया, ७ कार्तिक– कैलालीकाे अत्तरियामा रहेकाे एभरेष्ट एकेडेमीले बाल रंगकर्मीं विद्यार्थी तथा लेखक निर्देशकहरुलाई शनिबार एक समारोहका बिच सम्मान गरेको छ । तीन बर्ष देखि राष्ट्रिय स्तरमा सहभागी भइ उत्कृष्ट नतिजा प्राप्त गरेका तीन नाटकका कलाकारहरुलाई सम्मान गरेको हो ।


एभरेष्ट एकेडेमीले गोदावरी नगरपालिका वार्ड नंं. १ का अध्यक्ष तथा प्रवक्ता शर्मानन्द भट्टको प्रमुख आथित्यमा उनीहरुलाई सम्मान गरेको जनाएको छ ।

एकडेमीले तीन बर्ष राष्ट्रिय स्तरमै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सफलता प्राप्त गरेको नाटकहरुमा कठै! तीन मास्टर, भूमिका, र तेरी खान्या कोरोना रहेका छन् ।
