रास्वपाको सदस्यता ५ लाख २३ हजार पुग्यो, ९९ सदस्यीय केन्द्रीय समिति चयन हुँदै

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटी ले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा उक्त जानकारी सार्वजनिक गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

प्रतिवेदनअनुसार रास्वपाका कुल सदस्यहरूमध्ये ३ लाख ९६ हजार ७८९ जना पुरुष, ८९ हजार ८९६ जना महिला, ५८८ जना अन्य तथा ३६ हजार १९२ जनाले आफ्नो लैंगिकता नखुलाएको उल्लेख गरिएको छ। प्रतिशतका आधारमा पुरुष सदस्य ७५.८ प्रतिशत, महिला १७.२ प्रतिशत, अन्य ०.१ प्रतिशत र नखुलाएका ६.९ प्रतिशत रहेका छन्।

Navadurga sun
Godawari sandesh

महाधिवेशनअन्तर्गत अब पार्टीको सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ। रास्वपाले ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। सातै प्रदेशबाट अनिवार्य रूपमा ५/५ जना प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ, जसमा प्रत्येक प्रदेशबाट चयन हुने पाँच जनामध्ये कम्तीमा दुई जना महिला हुनेछन्। बाँकी ६४ पदमा खुला प्रतिस्पर्धाबाट चयन गरिनेछ।

केन्द्रीय सभापति र ९९ केन्द्रीय सदस्य निर्वाचित भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीहरूको निर्वाचन प्रक्रिया सञ्चालन गरिने पार्टीले जनाएको छ।

Loading...