वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक स्थलमै दुर्व्यवहार र कुटपिट गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेपछि घटनाले व्यापक चर्चा पाएको छ।

Ganyapdhura gau

आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष देवकोटा र कुँवरबीच भनाभन भएपछि कुँवरले वडाध्यक्षको घाँटी समातेर प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनापछि प्रहरी टोलीले उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहार मुद्दामा किटानी जाहेरी दिएका छन्। हाल कुँवर प्रहरी हिरासतमा रहेकी छन् र घटनाबारे कानुनी प्रक्रिया अघि बढाइएको छ।

यता, पत्रकार कुँवरले फेसबुकमार्फत आफूलाई वडाध्यक्षले नै सुरुमा दुर्व्यवहार गरेपछि प्रतिकारस्वरूप उक्त व्यवहार गरेको दाबी गरेकी छन्। नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाकी सदस्यसमेत रहेकी कुँवर संलग्न घटनापछि पत्रकार वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ।

धेरै पत्रकारहरूले सार्वजनिक स्थानमा भएको यस्तो व्यवहारले पत्रकारिताको मर्यादा र आचरणमाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्। कतिपयले व्यक्तिगत विवाद जे-जस्तो भए पनि पत्रकारले आफ्नो पेसागत जिम्मेवारी र संयमता कायम राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

Loading...