थ्रिडिभिएल क्रियशनद्वारा अलपत्र परेकी महिलाकाे उद्वार






अत्तरिया, ६ कार्तिक- कैलालीको अत्तरियामा केन्द्रिय कार्यालय रहेको थ्रिडिभिएल क्रियशनले अलपत्र अवस्थामा रहेकाे महिलाकाे उद्वार गरेकाे छ । कैलालीको गोदावरी नगरपालिका वडा नं.४ गोदावरीमा अलपत्र अवस्थामा रहेकाे महिला अनिता लुहारको उद्वार गरि दृस्ठि फाउन्डेसन धनगढीमा पुर्याएकाे छ।
बैतडी पाटन घर बताउने अनिता लुहार बिगत २ बर्ष देखी अलपत्र अवस्थामा रोडमै कष्टकर जिवन बिताउदै आएकि थिईन।
२ बर्ष अघि नै श्रीमान गुमाएकी अनिताको घरमा २ छोरा छन जेठो छोरा काले लुहार र कान्छो छोरा हिमाल लुहार, जेठो छोराको भने बिवाहा भएको र घरमा कलह झैझगडा भइ बस्न नसक्दा रोडमा कष्टकर जिवन बिताउनु परेको अनिताले दुखेसो पोखिन ।


उत्त उद्वार कार्यमा सहयोग गर्नुहुनेमा यज्ञराज भाट, गोदावरी प्रहरी पोस्टका असही टेक बिष्ट,
गोदावरी नगरपालिका
थ्रिडिभिएल क्रियशनका केन्द्रिय सचीव एलआर अाेझा, उद्वार कार्यमा फोन बाटै भएपनि सहयोग गर्नु हुने दृस्ठि फाउन्डेसन संचालक कल्पना भट्ट लगायतकाे संलग्नता रहेकाे थियाे ।



