कैलालीमा ८ लाखको भन्सार छलीको सामान बरामद

धनगढी- जिल्ला कैलालीको कैलारी गाउँपालिका–४ भितरिया घाट क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब ८ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गएराति बेवारिसे अवस्थामा फेला पारेका अन्दाजी ८ लाख तीन सय रुपैयाँ बराबरका कुर्ती, टप्स, दुई थान साइकललगायतका सामान नियन्त्रणमा लिएको हो।

Navadurga sun

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...